२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफ्नै श्रीमतीको नग्न तस्विर साथीहरुलाई पठाएपछि श्रीमान् पक्राउ



ललितपुर
२९ वैशाख । मकवानपुर बकैयाका एक श्रीमान् आफ्नै श्रीमतीको नग्न तस्विरहरु साथीहरुलाई पठाएपछि प्रहरीको फन्दामा परेका छन् ।
प्रहरीका अनुसार मकवानपुर छतिवन बकैया गाउँपालिका–७ चुलुङ्गा घर भएका काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूषलाई श्रीमतीको नग्न तस्विरहरु सामाजिक सञ्जालको प्रयोग गरेर साथीहरुलाई पठाएको आरोपमा पक्राउ गरेको छ ।
उनले वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान÷श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर÷भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा ती पुरूषको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।