८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


६,७०५ जनाले बुझाएनन् सम्पत्ति विवरण



३१ वैशाख । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ।

केन्द्रका सचिव राम आधार शाहले सोमबार एक कार्यक्रमकाबीच अख्तियार प्रमुख प्रेमकुमार राई समक्ष प्रतिवेदन पेश गरे।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा संघ, प्रदेश र स्थानीय तहका कुल ७,४६,४६३ मध्ये ७,३९,७५८ जना पदाधिकारी तथा कर्मचारीहरुले समयमा सम्पत्ति विवरण बुझाएको उल्लेख छ । ६,७०५ जनाले निर्धारित समयभित्र नबुझाएको प्रतिवेदनले औंल्याएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ०६ बजे