२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम काँग्रेसको अवरोधले अन्यौल



काठमाडौँ
१ जेठ । आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको भए पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध जारी राख्ने बताएपछि अन्यौलमा परेको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।
आफ्ना माग पुरा नभए मंगलबारको नीति तथा कार्यक्रमको बैठक समेत अवरोध हुने बताएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।