७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता



४ जेठ । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । सरकारले संशोधन विधेयक फिर्ता लिनेसम्बन्धी पत्र संसद सचिवालयमा पठाएको हो । राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समितिमा ४० र संसदीय दलमा ४० प्रतिशत आवश्यक पर्ने पहिलेकै व्यवस्था लागु गर्ने गरी सरकारले विधेयक संशोधन लगेको थियो ।
विधेयक संसदमा दर्ता भइसकेको थियो । यसमा छलफल गर्न पटक-पटक दैनिक कार्यसूचीमा चढे पनि छलफलका लागि पेस हुन सकेको थिएन ।
यो विधेयक बिहीबारको कार्यसूचीमा पनि समावेश गरिएको भए पनि कांग्रेसको अवरोधका कारण बैठक चल्न सकेन । सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ७ : ३२ बजे