७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


द्रुतमार्गको लेनडाँडा सुरुङको ‘वारपार’



काठमाडौँ
४ जेठ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ वारपार भएको छ ।
आयोजनाको प्याकेज नं.२ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको वारपार भएको हो । त्यहाँ निर्माणाधीन जोडी सुरुङमध्ये एक हजार छ सय ३३ मिटर लम्बाइको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
द्रूतमार्गमा छ वटा सुरुङ र ८९ वटा पुल हुनेछ । उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ । करिब ७०.९७७ किमी लम्बाईको द्रुतमार्ग पहाडी भू–भागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ ।
आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ३ : ३६ बजे