२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘पत्रकारलाई बाहिर राखेर पत्रकार महासङ्घको निर्वाचन’



काठमाडौँ
५ जेठ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मतदान गर्नबाट कोही पत्रकार बञ्चित हुन नहुने बताएका छन् ।

आज नैकापमा नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आयोजना गरेको बैठक तथा छलफलमा अध्यक्ष लम्सालले मतदानबाट कोही पत्रकार पनि बञ्चित नहुने गरी महासङ्घले मतदाता नामावली सार्वजनिक गर्नेमा आफू विश्वस्त रहेकोसमेत बताए ।
“सदस्यता शुद्धीकरणको मापदण्डअनुसार नै सदस्यता रद्द गर्ने वा नवीकरण गर्ने काम हुन्छ भन्नेमा म विश्वस्त छु । त्यसैले महासङ्घले सार्वजनिक गर्ने मतदाता नामावलीमा पत्रकार छुट्दैनन्, छुट्नुहुँदैन”, अध्यक्ष लम्सालले भने । सदस्यताको विषयमा उठिरहेका प्रश्न लिएर महासङ्घ नेतृत्वसँग छलफल गरिरहेको पनि उनले जानकारी दिए ।

युनियन काठमाडौँ शाखा अध्यक्ष महेश गौतमले सदस्यताको विवाद मिलाएर मात्र महासङ्घले निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यसअवसरमा युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, युनियन ललितपुर शाखा अध्यक्ष केदारनाथ दाहाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  २ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।