२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीसँग भरतपुरमा १४ कठ्ठामा पार्किङसहितको घर, बैंकमा २५ लाख



७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण सार्वजनिक भएको छ।मन्त्रिपरिषद बैठकको निर्णयअनुसार मंगलबार प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो।

सार्वजनिक विकरण अनुसार प्रधानमन्त्री दाहालसँग चितवनको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा बनेको पार्किङसहितको घर छ। यो घर स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा छ। यसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पैत्रिक सम्पत्ति भएको उल्लेख गरेका छन्।
तर, २०७३ सालमा प्रधानमत्री दाहालले आफूसँग पैतृक सम्पत्तिको १ कठ्ठा जग्गामा रहेको उल्लेख गरेका थिए।

यस्तै, उनले आफूसँग बैंकमा २५ लाख रुपैयाँ र ५ तोला सुन रहेको पनि सम्पत्ती विवरणमा उल्लेख गरेका छन्। उनले सुनलाई पनि पैत्रिक सम्पत्तीकै रुपमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ११ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।