७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छः प्रधानमन्त्री



९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् । काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको बताए ।

प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण दिएका छन् । गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप पनि प्रधानमन्त्री प्रचण्डले खण्डन गरे । उनले भने, ‘त्यो मान्छेले भन्ने कुरा हो। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : ०३ बजे