११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा प्रहरीले पुनः ३ दिनको म्याद पाएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो । तर इजलासले ३ दिन मात्र म्याद थपेको हो । नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको थियो । बुधबार अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
प्रतिक्रिया