७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बंगालको खाडीमा रेमल चक्रवात : सोमबार र मंगलबार झरि पर्ने



काठमाडौं
१४ जेठ । पछिल्लो समय बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको कारण पुर्वी नेपालसँगै भारतका विभिन्न स्थानमा बर्षा भइरहेको छ । रेमल चक्रपातका कारण आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरु ब्ताउछन् । यद्यपी यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने रहनेछ भने बर्षा समेत हुनेछ ।

चक्रपातका कारण कोशी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जानकारी दिएको छ ।

चक्रत्रपातकै कारण बागमती प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रेमल चक्रवातको बढी असर भारत र बंगलादेशमा रहने पूर्वानुमान छ । भारतको आसाम, मेघालय, पश्चिम बंगाल, अरुणाञ्चल प्रदेशमा तीव्र हुरी चल्ने र मध्यमदेखि भारी वर्षा हुने त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ । रेमल चक्रवातले क्षति पुर्याउन सक्ने भएकाले कलकत्ता विमानस्थलमा उडान–अवतरण बन्द गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  २ : १५ बजे