२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जग्गा विवादमा भाईले गरे दाइको हत्या,आरोपी भाई प्रहरी नियन्त्रणमा



त्रिशूली (नुवाकोट)
१६ जेठ । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ ।
७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको हो ।
सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
उनका अनुसार जग्गासम्बन्धी लामो समयदेखि कायम विवाद, घटनास्थलको प्रारम्भिक प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट स्वीकार गरेको बयानका आधारमा दाजुको हत्या अभियोगमा भाइलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो ।
उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेका व्यक्ति भएकाले पटके भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन आज जिल्ला अदालतमा उपस्थित गराउने नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।