७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु(अपडेट)



१७ जेठ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै भे १ च २५६० नम्बरको बोलेरो जीप बिहीवार विहान ३ः५५ बजेको समयमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक हवलदार तिलक सिंहले जानकारी दिएका छन् ।

उनले भने,’ विहान दुई जनाको शव फेला परेको थियो । अहिले थप दुई शब भेटिएको छ । घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याइएको छ । हाम्रो टोली घटनास्थलमा गएको छ, सबै कुरा खुलेको छैन ।’

उनकाअनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ३ : १२ बजे