७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्रीलाई लक्षित गर्दै गगन थापाले भने, ‘आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो’



२० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासँग लड्दा घाउ कसरी लाग्छ ? आफूलाई राम्ररी थाहा भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा महामन्त्री थापाले विगतमा कयौँ पटक सत्तासँग लडेर आएको बताए ।

‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ भन्ने लामो अनुभव गरेर आएको छु । हजारौँ मानिसहरूले नारा लगाउँदै गर्दा एक्लै राजद्रोहको मुद्दा खेपेर आएको हुँ,’ उनले भने, ‘अख्तियारको शक्तिशाली प्रमुखदेखि प्रधानन्यायाधीशसम्म लडेर आएको हुँ । शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीको सरकारसँग लडेर आएको हुँ । र त्यो बेला एक्लै कुनै–कुनै बेला घाउ पनि खाएर आएको हुँ ।’

महामन्त्री थापाले अगाडि भने, ‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ । एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ । ‘आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो’ ।’
सदन चटकेले सडकमा जस्तो बोल्न पाउने ठाउँ नभएको भन्दै जथाभाबी बोलेकोमा उनले आपत्ति जनाए । ‘बाहिर एउटा चटकेको जस्तो बोल्न पाइएला तर संसद् चटक देखाउने ठाउँ होइन,’ थापाले भने । विषयवस्तुलाई बरालेर अर्कोतिर लैजानका लागि विभिन्न अभिव्यक्तिहरू सदनमा दिने प्रवृत्ति बढ्दै गइरहेको र यो डरलाग्दो भएको थापाको भनाइ छ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ७ : ४२ बजे