१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते



२३ जेठ । दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान जि दुर्घटनामा परेकाे हाे।
दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै मृत्यु भएकाे छ। प्रहरीका अनुसार साेही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सात जनाकाे स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। जिपमा चालकसहित नौजना सवार थिए।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ५ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।