७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोशी सरकारविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने



२३ जेठ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको हो ।

बुधबार उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । अब जेठ २७ गतेबाट पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ११ : ०२ बजे