७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘एमालेसँग तत्काल एकताको सम्भावना छैन’



काठमाडौँ
२६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियतामाथि गहिरिँदै गइरहेको सङ्कटलाई समाधान गर्न देशका समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै समाजवादी मोर्चाको पुनःगठन गरेर अगाडि बढ्ने आफूहरूको योजना रहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले प्रतिक्रियावादी शक्तिलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिबीच सहकार्य तथा समन्वयको खाँचो औँल्याए ।

उनले मधेस सरकारमा मुख्यमन्त्रीको नेतृत्व गर्न पार्टीलाई प्रस्ताव आएको भए पनि केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु नैतिक रूपमा उपयुक्त नहुने भएकाले त्यस्तो प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।

अध्यक्ष नेपालले समाजमा विधमान सबै प्रकारका भेदभावलाई न्यूनीकरण गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताउ । एकीकृत समाजवादी सङ्घमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक भूमिका खेलेको उनको भनाइ थियो ।

महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्रगतिमा कार्यसम्पादन गरिरहेको जानकारी दिँदै अध्यक्ष नेपालले राजनीतिक अन्तरविरोध कम गरी दस्तावेजलाई थप समृद्ध बनाउन मातहतका सबै कमिटीमा छलफल भइरहेको बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ३ : ४३ बजे