२७ जेठ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै झुण्डिएका छन् ।
पुलको एकातर्फको लट्ठा चुँडिएपछि पुल गर्दै गरेका ती खच्चड तारमा जेलिएर झुण्डिएका हुन् ।
पुलको लट्ठा चुँडिएसँगै पछिल्लो समय सो सडक भएर ओहोर दोहार बन्द भएको छ ।
दुर्घटनापछि उद्दारका लागि प्रहरीलगायतको टोली घटनास्थलतर्फ पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने सो पुलबाट अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ओहोरदोहोर गर्न सकिन्छ ।
प्रतिक्रिया