७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


न्यायाधीशका लागि दुई सय तीन जनाले परीक्षा दिए पनि आठ मात्रै उत्तीर्ण



काठमाडौँ
३१ जेठ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा दुई सय तीन जना सहभागी भए पनि आठ मात्रै उत्तीर्ण भएका छन् ।
आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

लोकसेवा आयोगले २०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा दुई सय तीन जनाले परीक्षा दिएका थिए । तीमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका हुन् ।

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण हुनुभएको छ भने आन्तरिक खुलामा अन्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी चार जना छन् । आदिवासी जनजाति तथा खुलामा नीतिज राई उत्तीर्ण भएका छन् ।

न्याय सेवा आयोगको आज बसेको बैठकले जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ । आयोगले आन्तरिक खुलामा २१, खुलामा १२, महिला चार, आदिवासी जनजाति दुई, मधेसी दुई, दलित एक र अपाङ्ग एक गरी ४३ जनाको विज्ञापन गरेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ३ : ४३ बजे