२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एनजीओको खाजा खुवाएको भन्दै गृहमन्त्री रवि लामिछानेद्वारा राज्य व्यवस्था समितिको बैठक बहिस्कार



२ जेठ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो ।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको थियो ।

तर बैठकमा समयमै गृहमन्त्री रवि लामिछानेले बैठकमा ‘भीआईपी खाजा’ ल्याएको थाहा पाएपछि सोधखोज गरेका थिए ।

त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर कानून बनाउने विषय उचित नरहेको बताए । आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिए ।

गृहमन्त्री लामिछाने बाहिरिएपछि अरू सांसदहरूले पनि मन्त्री नै गएपछि अब छलफल अगाडि बढाउने कुरा नभएको भन्दै बैठक कक्षबाट बाहिरिएका थिए ।

लएक्सपिटीडी भन्ने संस्था जनसंख्या र विकाससम्बन्धी काम गर्ने संस्था हो ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।