७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि परिषद् बैठक



२ असार । विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको छ।

परिषद् बैठकमा विभिन्न ५ वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको एजेण्डामा छलफल हुरु भएको जनाइएको छ।

परिषद् बैठक बस्नुअघि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेट भएको थियो।

संवैधानिक परिषदले निर्वाचन आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा रिक्त सदस्य नियुक्तिको तयारी गरेको छ । परिषद् पदाधिकारीविच अहिले छलफल चलिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ३ : ११ बजे