२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर प्रशासनमा राष्ट्रिय परिचय पत्र लिनेको भीड, अस्थायी स्टेशन थपिए



चापागाँउ
४ असार । बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता लिन सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।
परिचय पत्र बनाउन भीड बढेपछि जिल्लाका सबै पालिकामा प्रशासन कार्यालयले अस्थायी स्टेशन खडा गरेर आजदेखि सेवा सुरु गरेको छ ।
सहायक प्रजिअ कल्पना घिमिरे नेपालका अनुसार स्थानीय निकायसँगको सहकार्यमा वडा वडासम्म सेवा विस्तार गर्ने व्यवस्था मिलाइएको छ ।
अनलाइन फारम समेत कार्यालय परिसरबाटै भर्ने व्यवस्था गरिएको उनको भनाई छ । प्रशासनले विरामी अशक्त र अपाङ्गता भएका सेवाग्राहीले लाइन बस्न नपर्ने र आवश्यकत्ता अनुसार अस्थायी स्टेशन बृद्धि गरिएको समेत उनले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : ५ असार २०८१, मंगलबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।