६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेसबुकमा जथाभावी लेखेको आरोपमा पक्राउ गोपाल काफ्ले २० हजार धरौटीमा छुटे



पथरी
१२ असार । सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेको भन्दै प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे–१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।

पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार (असार १० गते) २० हजार धरौटीमा काफ्लेलाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख नवराज कार्कीले बताए।

काफ्लेले पटक–पटक अप्रमाणित विषयमा चरित्र हत्या हुने गरी सामाजिक सञ्चालमा तस्बिरसहित लेखेको भन्दै विद्युतीय कारोबार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो।

गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्वप्रमुख दिलीपकुमार राई (किशोर)को फोटो पोष्ट गरेको आरोप थियो ।

संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।

साइबर अपराध गरेको दाबीसहितको मुद्दामा पक्राउ परेका काफ्लेलाई एक रात जिल्ला प्रहरीको नियान्त्रणपछि खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको थियो।

नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले जिल्ला अदालत मोरङमा काफ्लेविरूद्ध मुद्दा हालेका हुन्। उक्त मुद्दामा गोपाल काफ्लेसँगै रकमको बार्गेनिङ गरेको भन्दै पत्रकार नरेन्द्र बस्नेतलाई पनि विपक्षी बनाइएको थियो ।

बस्नेतलाई काफ्लेको सहयोगी बन्दै आचार्यसँग रकमको बार्गेनिङमा संलग्न भएको आरोप आचार्यले लगाएका छन्।

केही महिनाअघि यसैगरी पथरीशनिश्चरे–१ का वडाध्यक्षको बदनाम हुने विषय उठाएपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। सो विषयमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि काफ्लेलाई छाडिएको थियो ।

केही वर्षअघि यसैगरी अप्रमाणित विषय लेखेको भन्दै डेरामै गएर एक समूहले काफ्लेलाई कुटपिट गरेका थिए । त्यो प्रकणमा नेपाल पत्रकार महासंघ, कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा सम्बद्ध पत्रकारहरू बसेर छलफल गर्दा झुटो प्रमाणित भएको र आगामी दिनमा प्रमाणबिना भ्रामक नलेख्न अनुरोध गरिएको थियो। सो बेला आक्रमणपछि घाइते काफ्लेको उपचार खर्च नेपाल पत्रकार महासंघले व्यहोर्ने सहमति भएको थियो।

काफ्लेले समाजिक सञ्जालमार्फत् पूर्व तथा वर्तमान जनप्रतिनिधिहरू, विभिन्न ठेकेदार, व्यवसायी, सामाजिक–राजनीतिक व्यक्तिहरूलाई पुष्टि नहुने विषयमा लेखेर पैसा माग्ने गरेको स्वास्थ्य शाखा प्रमुख आचार्यले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  ३ : ३४ बजे