६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यो वर्षको धान दिवस चितवनमा मनाइने



१३ असार । ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)परिसरमा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यो वर्ष चितवनमा मनाइने भएको छ ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव असार १५ मा चितवनको बछौलीमा मनाइने भएको हो ।

कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले धानबालीको ठूलो ब्लक, मेसिनरी प्रयोग भएकाले चितवनमा यो वर्ष धान दिवस मनाउने निर्णय भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने योजना रहेको पनि उनले बताए ।

विभागले हालसम्म हालसम्म ९.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको र यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने प्रारम्भिक अनुमान गरेको छ । गत वर्ष देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  ११ : ४७ बजे