४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस : उपसभापति निधि


७ मंसिर २०७६, शनिबार  

0
Shares

 

७ मंसिर ०७६,चितव । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी भित्र कुनै समस्या नरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले आज शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै निधिले उपनिर्वाचनसँगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमीन नेता तथा कार्यकर्तालाई अपिल गर्नुभयो ।

उपसभापति निधिले हरेक निर्णयहरु सहमतिका साथ भएको बताउँदै यस एकताले निर्वाचनमा मात्रै नभएर समग्र पार्टीलाई नै बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा भएको हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै उहाँले परिवर्तन संस्थागत गर्नका लागि काँग्रेसकै नेतृत्व आवश्यक पर्ने बताउनुभयो ।

उपसभापति निधिले गएको निर्वाचनमा काँग्रेसको हारका कारण खोज्नुभन्दा अहिले एक भएर लाग्नु आवश्यक रहेकोछ । सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले अब जनताको पक्षमा काम गर्ने जिम्मेवारी काँग्रेसको रहेको बताउनुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृतराज हमाल, स्थानीय कपिल आले, सुदन पौडेल लगायतले बोल्नुभएको थियो ।

त्यस्तै नेपाली काँग्रेसका वडा सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पार्टी परित्याग गरी विभिन्न व्यक्तिले पार्टी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ७ : २२ बजे