६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस र एमालेबीच सत्ता सञ्चालनका लागि सहकार्य गर्ने नयाँ सहमती



काठमाडौँ
१८ असार । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् ।
गए राति दुई दलबीच संविधान संशोधनलगायत  कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । ती दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक भने गरिएको छैन ।
 नाम उल्लेख नगर्ने शर्तमा उनले भन,े “छलफल र गृहकार्यपछि तयार गरिएको नयाँ सत्ता समीकरणसहितको  सहमतिपत्रमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राति नै हस्ताक्षर गरेका छन् । ”
प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको बताइएको छ ।
दुवै पार्टीले आन्तरिक रूपमा थप छलफल गरेपछि नयाँ बन्ने सरकारमा मन्त्रालयगत जिम्मेवारीसम्बन्धी निष्कर्षमा पुग्ने जनाएका छन् ।
नयाँ सत्ता समीकरणका लागि सभापति देउवा र अध्यक्ष ओलीबीच केही दिन नियमित रूपमा छलफल हुँदै आएको थियो । सोमबारको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले अध्यक्ष ओलीसँग यही असार १५ गते भएको भेट सकारात्मक भएको जानकारी गराएका थिए ।
परिवर्तित राजनीतिक सन्दर्भको विषय सार्वजनिक भएपछि सो बारेमा छलफल गर्न कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीको  आ–आफ्ना पदाधिकारी र सचिवालय बैठक बस्दै छन् ।

 

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ४ : ३२ बजे