६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेता प्रेम आलेले छोडे नेकपा समाजवादी पार्टी



काठमाडौँ

२१ असार । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफु पार्टीमा नरहको बताएका छन् ।

महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफु पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन् ।
असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउदै आलेले अब त्यो पार्टीमा आफु नरहने जनाए ।

उनले भने– ’मैले संसदीय दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालकै अगाडी म तपाइको पार्टीमा रहदिन भनेको थिए । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन ।’

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए । उनले भने– ’म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’

नेकपा एकीकृत समाजवादीले आज सार्बजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ३ : ४३ बजे