६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालन



२२ असार । निरन्तरको वर्षापछि आएको बाढीका कारण अवरुद्ध भएको बीपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन्।

सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएको थियो। सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिको पहलमा दुवै राजमार्ग दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको बताइएको छ।

काभ्रेपलाञ्चोक भएर सञ्चालित बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मंगलटार, नार्के, ल्हासकोट र चारयसबेँसी तथा अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको बाउन्नकिलो र धुलिखेल नगरपालिकाको तिरतिर धारामा भलसहितको बाढीका कारण अवरुद्ध भएको थियो।

शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण आज बिहान रोशी–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मंगलटारस्थित मंगलजनविजय मावि अगाडि, वडा नं ११ कालढुंगा र वडा नं १२ को माम्तिस्थित बीपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकामा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको पहलमा सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको प्रहरीले जनाएको छ।

वर्षा निरन्तर भइरहेकाले समस्या भएका ठाउँमा प्रहरी परिचालन गरी सडक खुलाउने निरन्तर प्रयास भइरहेको छ। रोशी–७ ल्हासकोटस्थित बीपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएकामा यहाँ रातिदेखि प्रहरीले सडक सञ्चालनको पहल गरेको थियो।

आज बिहान अरनिको राजमार्ग खण्डअन्तर्गत पाँचखाल नगरपालिका–८ को ५२ किलोस्थित खहरेखोलाबाट लेदोसहितको बाढी आएर सडक अवरुद्ध भएको थियो । सो स्थानमा पनि अहिले एकतर्फीरुपमा सवारी सञ्चालन भइरहेको छ।

उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो आउनुका साथै रुख ढलेर अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आइएको छ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  १० : ५६ बजे