१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारी कार्यालयबाट सेवावधि बाँकी रहँदै ७ सय ९४ सरकारी कर्मचारीले जागिर छाडे



काठमाडौं
२३ असार। सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् ।
चालु आर्थिक वर्ष २०८०।८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ ।
किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी ९कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत० छन् ।
किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् ।
निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।