६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता



तनहुँ
२६ असार । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिएका छन् । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ४ : ३६ बजे