६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिशूलीमा बस बगाउँदा बेपत्ता केही यात्रुको पहिचान खुल्यो



२८ असार । चितवनको सिमलतालमा दुईवटा यात्रुवाहक बस पहिरोमा पुरिँदा अहिले पनि खोजी कार्य जारी रहेको छ । शुक्रबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीयहरुले यात्रुहरुको खोजी गरेका छन् ।

शुक्रबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका २९ स्थित सिमलताल भन्ने ठाउँमा माथिबाट खसेको पहिरोमा पुरिएको हो ।

घटनापछि यात्रुहरुको खोजी भइरहेको छ । बसलाई पहिरोले बगाउने क्रममा तीन यात्रु भने भागेर बाँच्न सफल भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएका दुबै बसमा जम्मा ६३ यात्रुहरु रहेको बताइएको छ । तर सबैको नाम भने पहिचान भइसकेको छैन ।

गणपति डिलक्स बसका केही यात्रुहरुको नाम भने खुलेको छ । काठमाडौंस्थित नयाँ बसपार्कले सार्वजनिक गरेको टिकट लिस्ट अनुसार राज पटेल, प्रिन्स जैशवाल, नन्दन दास र ओकिल खाँको नाम खुलेको छ । टिकट लिस्टमा अन्य यात्रुको पनि नाम उल्लेख गरिएको छ । तर उनीहरुको थर र अन्य पहिचान भने भएको छैन । नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नाम लिस्टमा देखिन्छ । उनीहरुको नामबाट टिकट बुक गरेको सार्वजनिक भएको छ।

सिमतालमा पुरिएका दुबै बस लेदोसहितको पहिरोले बगाउँदा त्रिशुली नदीमा यात्रुलाई बगाएको वा पुरेको हुनसक्ने देखिएको छ । अहिले पनि गोताखोरसहितको प्रहरी टोलीले यात्रुहरुको खोजी गरिरहेको छ । सिमतालमै पहिरो खस्दा ढुंगाले लागेर अर्को एउटा बसका चालकको मृत्यु भएको छ । उक्त बसका यात्रुहरु भने सुरक्षित रहेका छन् ।

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ७ : ३३ बजे