२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्वर्णीमले कुट्छु भनेर धम्की दिएको भन्दै मुकुलले प्रहरी गुहारे



३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा.मुकुल ढकालले पार्टीका उपसभापति स्वर्णीम वाग्लेले आफूलाई धम्की दिएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा उनले पार्टीका उपसभापति वाग्लेले फोन गरेर आफूलाई कुट्ने धम्की दिएको भन्दै सुरक्षाका लागि प्रहरीसँग गुहार मागेको बताएका छन्।

उनले लेखेका छन्, ‘स्वर्णीम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइन्। मसँगै बसेका भाईलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन लगायत अनेक भनेकाले हिजै राति इलाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।