२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर १५ सय जनामा डेंगी संक्रमण, सबैभन्दा धेरै संक्रमण काठमाडौंमा



३० असार । देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार ५४४ जना संक्रमित भएका छन् । तीमध्ये जुलाईका ११ दिनमा १३२ संक्रमित थपिएका हुन् । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५३८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, तनहुँमा ५३, ओखलढुंगामा ५३ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।