२ साउन । आज नेपालमा दुई पटक भुकम्पले धक्का दिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार एकाविहानै भुकम्पले धक्का दिएको छ । मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो भने दिउँसो ३ बजेर २४ मिनेट जाँदा रसुवाको मन्चेट केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको हो ।
रसुवामा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको थियो । यसअघि आज बिहान ४ बजेर ४० मिनेट जाँदा मुगुको धर्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडकै भूकम्प गएको थियो ।
यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । २०७२ साल बैशाख १२ गतेपछि नेपालमा पछिल्लो समय लगातार साना ठूला भूकम्प जाने क्रम जारी छ ।
भुकम्पबाट कुनै क्षति भएको विवरण हालसम्म सार्वजनिक भएको छैन । ४ रेक्टर स्केटभन्दा कम म्यानिच्युटका भुकम्पले खासै क्षति भने पु¥याएको पाइदैन ।
२ श्रावण २०८१, बुधबार
5.6k
Shares
प्रतिक्रिया