५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदर्शन चर्किएपछि बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी



६ साउन । सरकारले बंगलादेशमा कोटाविरोधी प्रदर्शन चर्कंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काइएको छ। आइतबार विमान बंगलादेशको उडानमार्फत् ४७ जना एमबीबीएस विद्यार्थीलाई नेपाल ल्याइएको छ ।

उनीहरुलाई अध्ययनरत कलेजले एम्बुलेन्समा राखेर सुरक्षित साथ विमानस्थल ल्याइदिएको थियो । साथै, आजै साँझ हिमालयन एयरलाइन्सको विमानबाट थप विद्यार्थी ल्याइनेछ ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको जानकारी दिएका थिए । सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेश अशान्त छ । देशभर कर्फ्यू आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ ।

अहिलेसम्म त्यहाँ ११० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : ५९ बजे