५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले गरे दाबी पेस



८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् । लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।

नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३७ गरी ६४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ८ : ५५ बजे