७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गोरखा पहिरोः पाँच जना अझै भेटिएनन्, घाइतेलाई काठमाडौं ल्याइयो



१३ साउन । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्लास्थित रेसेफाँटमा लेदोसहित पहिरोले एक घर र एक कृषि फार्म पुर्दा एकै घरका तीन जनासहित पाँच जना बेपत्ता छन्। गए राति लेदोसहित पहरोले घर र फार्म पुरेको थियो। सडक खनेको नान्सेन जंगलबाट लेदोसहित पहिरो गाउँ पसेको थियो।

स्थानीय जितबहादुर गुरूङसहित उनको परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन्। एकै परिवारका जितबहादुर गुरूङ, उनकी श्रीमती कान्छीमाया गुरूङ, उनका बुवा सुलाल कान्छा गुरूङ बेपत्ता छन्। सोही गाउँका रमेश गुरूङ र रमेश परियार पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ। पहिरोमा परेका दुई जनालाई भने उद्धार गरिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले दुई जनालाई उद्धार गरेर काठमाडौं पठाइएको बताइन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।