२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाघको आक्रमणपछि महिलाको मृत्यु,हात्ती परिचालन गरी लिइयो नियन्त्रणमा



दोधारा चाँदनी (कञ्चनपुर)
१८ साउन । कञ्चनपुरमा बाघको आक्रमणपछि महिलाको मृत्यु भएपछि हात्ती परिचालन गरी लिइयो बाघ नियन्त्रणमा लिइएको छ ।
हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको हो । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो । बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी–२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो ।

बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताएका छन् । “बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ,” उनले भने । बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए ।

बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।