२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खोलाले बगाउँदा बेपत्ता



ढोरपाटन (बागलुङ)
३२ साउन । बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् ।

गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् ।

गलकोट नगरपालिका–६ मा बस्दै आएका परियार २४ वर्षीय भाइ मनोज परियारसँग आज बिहान माछा मार्न गएका थिए ।
बेपत्ता रमेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।