१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थामे बाढीः एक बेपत्ता, विद्यालय र क्लिनिक १२ संरचना बगायो (अपडेट)



३२ साउन । थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमा एक विद्यालयसहित ११ घर र होटलमा पूर्ण रूपमा क्षति पुगेको छ। एक क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
क्षतिग्रस्त संरचनामध्ये एक विद्यालय, एक क्लिनक, पाँच होटल र सात घर छन्। अन्य सात घर जोखिममा रहेका छन्। एक्कासी बाढी बस्तीमा पस्दा एकजना हराइरहेका छन्।
प्रहरीले थामे खोलामा पानीको बहाव एक्कासी बढेर क्षति पुगेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली परिचालित भएको जनाएको छ। थामे खोलामा एक्कासी पानीको बहाब किन बढ्यो भन्ने खुलेको छैन।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।