१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा मानव बेचबिखन ब्यूरोद्वारा छापा



काठमाडौँ
५ भदौ । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौँको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा आज छापा मारेको छ ।

आज दिउँसो ब्यूरोको टोलीले सङ्घको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

ं प्रहरी उपरीक्षक मिश्रले भने, “तीनदेखि सङ्घको कार्यालय बन्द थियो, आज खुलेपछि हाम्रो टोलीले त्यहाँबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हाडडिक्स बरामद गरी ल्याएका छौँ ।” नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले आज छापा मारेको प्रवक्ता मिश्रले बताए ।

“नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचना पाएका छौँ”, उनले भने, “सोही विषयमा छानबिन गर्न आज छापा मारेर सङ्गीत उद्योग सङ्घका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिएका छौँ ।”
ब

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।