४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निरन्तरको वर्षापछि भजनी डुवानमा



भजनी (कैलाली)
६ भदौ । भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।
बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिएका छन्।

नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।

घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताउनुभयो । केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको उहाँले बताउनुभयो । भजनी नगरपालिका वडा नं ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ ।

बाढीबाट वडा नं ५ को लालभोझी क्षेत्रमा पनि सयौँ परिवार विस्थापित भएको दिपेश बुढाले जानकारी दिएका छन् ।
जोशीपुरको वडा नं ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ । नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुख केवल चौधरीले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ३ : ५७ बजे