४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास अन्तिम चरणमा



ललितपुर
६ भदौ । सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छभने दोस्रो चरणको केही काम बाँकी छ ।

दसैँसम्म सबै काम पूरा गर्ने लक्ष्य राखेर तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताएका छन् । मन्त्री आवास निर्माणका लागि विसं २०७६ कात्तिक २७ गते हनुमान कन्स्ट्रक्सनले ठेक्का लिएर पहिलो चरणको काम सुरु गरेको थियो ।

पहिलो चरणअन्तर्गत भवन निर्माण काम सकिए पनि स्वीमिङपुल, पाकिङ, हेलिप्याडलगायत दोस्रो चरणको काम भइरहेकाले आगामी दसैँसम्म पूर्णता दिने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिएका छन् । आयोजना प्रमुख महर्जनका अनुसार प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षसहित सङ्घीय मन्त्रीका लागि २७ वटा भवन बस्न मिल्नेगरी सम्पन्न भएका छन् ।

“भवन निर्माण र भवनभित्रको काम सबै सकिएको छ, अब बाहिरको सजावट बाँकी छ”, महर्जनले भने, “हामीले यथाशीघ्र कामलाई पूर्णता दिने प्रयास गरिरहेका छौँ ।” भैँसेपाटीमा ९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री आवास निर्माणका लागि सरकारले रु एक अर्ब तीन करोड ४६ लाख ८३ हजार बजेट छुट््याइएको छ ।

आयोजनाका सहइञ्जिनीयर राजीव यादवले मन्त्री आवास क्षेत्रभित्र जिम हल (व्यायाम शाला), स्वीमिङ पुल, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट््याइएको छ ।

निर्माण व्यवसायीले भवन निर्माण पूर्ण रुपमा आगामी दसँैंसम्म सकिने भन्दै सम्पन्न भएका भवनमा मन्त्री बस्न मिल्ने जनाएको छ । हालसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे नयाँ आवासमा सरेका छन् ।

प्रदेश प्रमुख र प्रदेश मुख्यमन्त्रीका लागि २४ रोपनी जग्गामा भैँसेपाटीमा निर्माण गरिएका सातवटा भवन निर्माण सकिएर उद्घाटन भइसकेको आयोजना प्रमुख महर्जनले जानकारी दिए । उनका अनुसार प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौँ आउँदा बस्न ती आवास निर्माण गरिएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : ०६ बजे