४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुनकोसी नदीमा खस्यो हाईलक्स गाडी,तीन जना बेपत्ता



काठमाडौँ
८ भदौं । सिन्धुलीस्थित सुनकोसी नदीमा हाईलक्स गाडी खसेको छ ।

शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो । उक्त गाडीमा ४ जना सवार रहेका थिए ।

प्रहरीका अनुसार एक जना हाम फालेर बाहिर निस्किएका छन् भने तीन जना अझै बेपत्ता रहेका छन् । प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ३ : २१ बजे