१३ भदौ । सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवसकास पाउने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन्। सरकारले गत साउन १० गते गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।
यस्तै सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।
प्रतिक्रिया