२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ग्रिनेड विस्फोट हुँदा एकैघरका २ बालबालिकाको मृत्यु, २ घाइते



१४ भदौ । पाँचथरमा ग्रिनेड विस्फोट हुँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।
फालेलुङ गाउँपालिका वडा नम्बर– ५ डाँडागाउँमा बिहीबार दिउँसो ग्रिनेड विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा बिहीबार दिउँसो शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए । घाइतेमध्ये एकै घरका दुईजना बालिबालिकाको उपचारको क्रममा मृत्यु भएको छ। अर्को घरका दुईजना बालबालिका घाइते छन्। उनीहरुको उपचार भइरहेको छ।

सोही ठाउँका दिलिप साँवाका २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको विस्फोटमा परेर मृत्यु भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि झापाको बीएण्डसीअस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको हो ।

घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि राति बीएण्डसी अस्पताल लगिएको थियो।

विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन्। घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ।

प्रहरीले ‘होममेड ग्रिनेड’ विस्फोट हुँदा उनीहरुको मृत्यु भएको अनुमान गरेको छ। तर नेपाली सेनाको टोलीले त्यसको पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ५ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।