४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु



परासी
१४ भदौं । पूर्वी नवलपरासीको निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार पूर्वी नवलपरासीको बिनय–त्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र सेफ्टी ट्यांकी बनाउने मिस्त्री मोहम्मद राजा रहेका छन् ।

निर्माण कार्य सकिएपछि सामान निकाल्न सेफ्टी ट्यांकीको माथिको प्वाल भित्र पालैपालो गएका तिनै जनाको निसास्सिएर मृत्यु भएको थियो ।

तिनै जनालाई प्रहरीले बेहोस अवस्थामा उद्धार गरेर अस्पताल पठाएकोमा प्रकाशको पृथ्वीचन्द्र अस्पताल र अन्य दुई जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १ : २७ बजे