४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्कुटर दुर्घटनामा चालकको मृत्यु



रामपुर (पाल्पा)
१७ भदौ । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते  भएका थिए ।
उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।
स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : ०१ बजे