४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहकारी छानबिन समितिको म्याद १५ दिन थप



१८ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यविधि १५ दिनका लागि थप गरिएको हो ।

आजको बैठकमा समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए । समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर, तीन महिनामा काम नसकेपछि आज १५ दिनका लागि म्याद थप गरिएको हो ।

समितिले अहिले बयान लेखनको काम गरिरहेको छ । समितिमा एमालेकी सरिता भुसाल, काँग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।

गरेकी थिइन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ११ : ३६ बजे