४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु



घोडाघोडी (कैलाली)
१८ भदौ । जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिएका छन् ।

जोशीकानुसार घोडाघोडी नगरपालिका–५का ९ वर्षीय बालकको भदौ ७ र वडा नं ६ का ६० वर्षीय पुरूषको भदौ ३ गते मृत्यु भएको हो । गौरीगङ्गा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको जोशीले बताएका छन् ।

गौरीगङ्गामा छ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा सङ्क्रमण पुष्टि हो । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको उपचार भइरहेको छ । पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताउने गरेका छन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ३४ बजे