४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घरझगडाका कारण दुई छोरीको हत्या, भेटिइन् बेपत्ता आमा



१९ भदौ । मोरङको सुन्दरहरैँचामा दुई नावालिका छोरीको ‘हत्या’पछि बेपत्ता भएकी महिला झापामा भेटिएकी छन्। सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्कीकी २९ वर्षीया पत्नी अस्मिता पौडेल (कार्की)लाई झापामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

अर्जुन र अस्मिताका दुई छोरी (१ वर्षीया अर्पणा र ३ वर्षीया आयिका) को शव यही भदौ १५ गते साँझ घरनजिकै केराघारीमा भेटिएको थियो। श्रीमानसँगको घर झगडामा विष खुवाएर अस्मिताले नै छोरीहरुको हत्या गरेको आशंका प्रहरी र स्थानीयले गरेका छन्।

दुवै बालिकाको शव अंगालो मारेको अवस्थामा शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र भेटिएको हो । बालिकाहरुको शव फेला परेको स्थान नजिकै किटनाशक औषधिको बट्टा पनि भेटिएको थियो । मृत भेटिएका बालिकाहरुको शरीरमा कुनै बाहिरी चोटपटक थिएन। छोरीहरुको शव भेटिए पनि अस्मिता भने त्यसयता बेपत्ता थिइन्।

शनिबार दिउँसो छोरीको शव भेटेपछि प्रहरीले महिलाले पनि आत्महत्या गरेको आशंकामा नजिकै रहेको जंगलमा सर्च अपरेसन चलायो । हत्यापछि आत्महत्या गरेको आशंकामा जंगलमा तर चार दिन खोजी गर्दा भेटिइनन् । अन्य क्षेत्रमा पनि खोजी गर्दा महिला झापाको बिर्तामोडमा भेटिएकी छन् ।

उनलाई मानसिक रुपमा विक्षिप्तावस्थामा भेटिएको उनले बताए। सडकमा अस्वस्थ अवस्थामा भेटिएकी उनलाई कोशी अस्पताल विराटनगरमा लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अस्मिताका पति अर्जुनले आफूहरुबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन्। धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे स्थायी घर भएका अर्जुन कार्की ट्याक्सी चालक हुन्। उनले इटहरीमा आफ्नै घर निर्माण गर्दै आएका छन्।

शुक्रबार साँझ आफू घर पुग्दा बन्दै गरेको घरमा पानी नपटाएको विषयमा पत्नीसँग आफ्नो झगडा परेको बयान उनले प्रहरीलाई दिएका छन्।आफूसँग विवादपछि अस्मिता दुई छोरीलाई लिएर राति करिब ८ बजेतिर डेराबाट निस्किएको उनको भनाई छ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ०४ बजे